- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा तर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो । जरिवाना तिर्नुपर्नेहरुमा प्रतिनिधि सभाका १०३७ तथा प्रदेशका १३९८ जना हुन् ।
आयोगले निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम १५ हजार रूपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
जरिवाना पर्नेमा यसअघिसमेत चुनाव लडेर जितेका अनुहारहरु पनि थुप्रै छन् ।