arrow

समयमै खर्च विवरण बुझाएकी सोबितालाई किन गर्‍यो निर्वाचन आयोगले जरिवाना ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
sobita-gautam-kathmandu-2-rsp-mp-2079-2022.jpg

काठमाडौँ । निर्वाचन आयोगले गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई जरिवाना गरेको सूचना जारी गर्दा विवरण बुझाएका उम्मेदवार पनि परेको पाइएको छ ।

सोही क्रममा काठमाडौँ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमको नाम पनि आयोगले सार्वजनिक गरेको छ । 

आयोगले खर्च विवरण नबुझाएको भन्दै मंगलबार १५ हजार रुपैयाँ जरिवानासहित नामावली सार्वजनिक गरेको हो । प्रतिनिधिसभा र प्रदेश सभा तर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो । जरिवाना तिर्नुपर्नेहरुमा प्रतिनिधि सभाका १०३७ तथा प्रदेशका १३९८ जना हुन् । 

आफूले खर्च विवरण बुझाएर पनि जरिवानामा तिर्नुपर्नेमा नाम समावेश गरेपछि सांसद गौतमले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । 

उनले सामाजिक सञ्जालमार्फत प्रमाणसहित आयोगको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण जनाएकी हुन् । 

उनले लेखेकी छिन्, ‘मैले मिति २०७९–०८–२८ गते दर्ता नं. १९ मा जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्च विवरण पेस गरेकोछु । मैले बुझाएको खर्च विवरण मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन न्युजमार्फत सार्वजनिक भएको थियो । निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानूनी आधार देखिदैन ।’

उनले अगाडि लेखेकी छिन्, ‘निर्वाचन आयोगले कानूनको गलत व्याख्या गरी, बिना कानूनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु ।’

आयोगले यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ