arrow

डेंगी संक्रमणबाट झापाकी मदिनाले गुमाइन् ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० साउन १० बुधबार
dangue.jpg

झापा । झापाको बिर्तामोडमा डेंगी रोगको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा न. ५ निवासी ४४ वर्षीया मदिना खातुन रहेको पारिवारिक श्रोतले जनाएको छ । 

ज्वरो आउने , हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनलाई बुधवार बालाजी फर्मामा परीक्षण गरिएको थियो । 

चिकित्सकले डेंगी भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिएका छ्न ।

तर बिर्तामोड नगरपालिका नगर स्वास्थ्य शाखाले उक्त जानकारी आधिकारिक रूपमा प्राप्त नभएको बताएको छ ।

गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको उल्लेख छ । 

साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना हुने गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ