arrow

विश्वकप फुटबलमा आयोजक स्तब्ध, फिलिपिन्सको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
worldcup-football-women-2023-07-25.jpg

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी महिला विश्वकप फुटबल आयोजक स्तब्ध भएको छ । 

आयोजक न्यूजिल्याण्ड आफ्नो दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको हो । खेल फिलिपिन्सले १–० ले जित्यो । सेरिना बोल्डेनले २४ औँ मिनेटमा निर्णायक गोल गरेकी हुन् । 

विश्वकपमा फिलिपिन्सको यो पहिलो जित हो । पहिलो खेलमा फिलिपिन्स स्वीट्जरल्याण्डसँग २–० ले पराजित भएको थियो । 

अर्को खेलमा स्वीट्जरल्याण्डले नर्वेसँग गोलरहित बराबरी खेलेको छ । योसँगै अर्को चरणको ढोका सबै टिमका लागि खुलेको छ । 

मंगलबार भएको अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० ले हरायो । 

आजका खेल
आज तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह सीको खेलमा बिहान १०ः४५ बजे जापानले कोस्टारिकासँग खेल्नेछ । 

दोस्रो खेलमा सोही समूहकै खेलमा दिउँसो १ः१५ बजे स्पेनले जाम्बियासँग खेल्दैछ । 

अन्तिम खेलमा समूह बीको खेलमा क्यानाडाले आयरल्याण्डसँग खेल्नेछ । 

अंक तालिका–
समूह एबाट स्वीट्जरल्याण्डको २ खेलबाट ४ अंक छ । न्यूजिल्याण्ड र फिलिपिन्सको समान ३ अंक छ भने नर्वेको १ अंक छ । अन्तिम भिडन्तबाटै अर्को चरण पुग्ने दुई टिमको टुंगो लाग्नेछ । 

समूह बीको खेलमा अष्ट्रेलियाले ३ तथा क्यानडा र नाइजेरियाले १–१ अंक बटुलेका छन् । आयरल्याण्ड अंकविहीन छ । 

समूह सीमा जापान र स्पेनको समान ३–३ अंक रहेको छ । कोस्टारिका र जाम्बिया अंकविहीन छ । 

समूह डीमा डेनमार्क र इङल्याण्डको समान ३–३ अंक छ भने चीन र हैटी अंकविहीन छन् । 

समूह ईमा अमेरिका र नेदरल्याण्ड्सको समान ३ अंक छ भने पोर्चुगल र भियतनाम अंकविहीन छन् । 

समूह एफमा ब्रजिलको ३ अंक छ भने फ्रान्स र जमैका अंकविहीन छन् । पानामा अंकविहीन छ । 

समूह जीमा स्वीडेन र इटालीको ३–३ अंक छ भने दक्षिण अफ्रिका र अर्जेन्टिना अंकविहीन छन् । 

समूह एचमा जर्मनी र कोलम्बियाको समान ३ अंक छ भने दक्षिण कोरिया र मोरक्को अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ