सिरियामा टर्कीको हवाई हमला, २ सय कुर्दिस विद्रोहीको मृत्यु

प्रकाशित मिति : २०७३ कार्तिक ४ बिहिबार
तस्वीर –वेब
एजेन्सी । उत्तरी सिरियास्थित टर्कीले घातक हवाई हमला गरेको छ । सो हमलामा कम्तिमा पनि २ सय कुर्दिस विद्रोहीको मृत्यु भएको टर्कीस सेनालाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । 
 
बिहीबार वक्तव्य जारी गर्दै टर्कीस सेनाले हमला बुधबार अपरान्ह हाल वाइपीजी समुहको नियन्त्रणमा रहको क्षेत्रमा गरिएको जनाएको छ । 
 
निकै घातक मानिएको सो हमलामा नौंवटा भवन ध्वस्त भएको तथा विद्रोही समुहको केही सवारीमा क्षति पुगेको छ । 
 
इस्लामिक स्टेट, आईएसको कब्जामा रहेको सिमावर्ती भूमिलाई लिन टर्कीले स्वतन्त्र सिरियाली सेनालाई सहयोग गर्दै आएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ