arrow

चौध किलोमा बस र ट्रक ठोक्किए, घाइते ३० मध्ये चालकसहित दुई गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

चितवन । चितवनको भरतपुर महानगरपालिका २९ चौध किलो पुलमा बुधबार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ । १८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठोकिएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ