arrow

डेंगीको डर

डेंगीबाट तीन जनाको मृत्यु, संक्रमित साढे चार हजार 

सरकारी सम्पर्कमा नआएका हजारौँ संक्रमित हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
dengue--ji-ha.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा डेंगीको संक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् भने साढे चार हजारको संख्यामा संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत जनवरीदेखि २४ जुलाईसम्म डेंगीको संक्रमणबाट तीन जनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो । 

६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ । 

काठमाडौँ उपत्याकामा १४४ जना संक्रमित भएका छन् ।

महाशाखाले सरकारी तथ्यांकमा यो आँकडा भए पनि सरकारी सम्पर्कमा नआएका हजारौँ संक्रमित हुन सक्नेसमेत जनाएको छ । 

जसमा आफैँ परीक्षण गराएर घरमै उपचार गरिरहेका, निजी अस्पतालमा उपचार गराइरहेकाहरुको तथ्याङ्क महाशाखासँग छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ