arrow

सुन तस्करी प्रकरणः व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
rakeshkumar-adugiya-2080-04-10.jpg

काठमाडौँ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भइ बरामद भएको करिब सय किलोग्राम सुन तस्करीको शंकामा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारिएको छ । राजस्व अनुसन्धान विभागले अडुकियाको घरमा छापा मारेको हो । 

पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेसँगै अनुसन्धान विभागले शंकामा छापा मारेको हो । 

उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो । 

अडुकिया भने भागिसकेको शंका छ । क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको शंका गरिएको छ । 

यसअघि बुधबार नै तस्करीका संलग्न रहेको शंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ