arrow

ट्रम्प पुटिनको कठ्पुतली : क्लिन्टन

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
clinton-taja-bahas.jpeg
एजेन्सी । डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले रिपब्लिकन राष्ट्रपतिय प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कठ्पुतली रहेको बताएकी छिन् । 
 
विहिबार भएको अन्तिम तथा तेस्रो टेलिभिजन बहसमा क्लिन्टनले अमेरिकाको निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकी वुद्धिजिवी अधिकारीहरुले समेत लगाएको भन्दै पुटिनमाथि सो आरोप लगाएकी हुन् । 
 
पुटिनमाथि आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपति निर्वाचनको अभियानमा जबरजस्ती लागेको भन्ने आरोप समेत छ । ट्राम्पले भने पुटिन अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा शक्तिशाली रहेको बताउँदै पुटिनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
 
तर, ट्रम्प पुटिनसँग निकै नजिकिएको भन्दै क्लिन्टन लगायत केही रिपब्लिकनहरुले समेत ट्रम्पको आलोचना गरेका थिए । बहसमा आफुलाई पुटिनबारे थाहाँ नभएको बताएका ट्रम्पले आफ्नो रुसी नेतासँगको सम्बन्ध पूर्व विदेश मन्त्री क्लिन्टनले भन्दा राम्रो बनाउन चाहेको सुनाए । 
 
ट्रम्पले आफुलाई पुटिनले राम्रो मान्ने समेत बताए । तर, क्लिन्टनले भने सोही कारणले ट्रम्प पुटिनको कठ्पुतली रहेको आरोप लगाइन् । जवाफमा ट्रम्पले पुटिनले क्लिन्टनलाई हरेक कुरामा चलाखीपूर्ण ढंगले उछिन्ने सक्ने कारणले  पुटिन उनलाई मन नपरेको बताए ।  
 
अघिल्लो हप्ता ट्रम्पले आफु राष्ट्रपतिमा निर्वाचित भए अन्तर्राष्ट्रिय नेतामा पहिले पुटिनलाई भेट्ने बताएका थिए । पुटिनले भने गत आइतबार आफुमाथि लगाइएको आरोपको खण्डन गर्दै रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप नगरेको स्पष्ट पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ