arrow

 सय किलो सुन प्रकरण : 

रेडी ट्रेडको गोदाममा छापा, ‘ब्रेक शु’ बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
100kg-gold-2080-04-04.jpg

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । 

गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । 

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । 

त्यसैले सुन लुकाएको आशङ्कामा विभागले बुधबार छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ । 

यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि बुधबार पक्राउ गरेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ । 

उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ