arrow

फेरि अवैध सुन फेला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
tribhuvan-international-airport-2079-08-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ। 

अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौँ आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

गत साउन ३ गते करिब एक सय किलो अवैध सुनको प्रकरण चर्किरहेका बेलामा सुनको अवैध धन्धा कायमै रहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ