arrow

मध्यएयर वेश भ्रमणमा मन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
purnabahadur-khadka-army-2080-04-12.jpg

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेशको निरीक्षण भ्रमण गरेका छन् । उनलाई मध्यएयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराए । 

सोही अवसरमा रक्षामन्त्री खड्काले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणको अवलोकन गरे । उनले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोवलका साथ कार्य गर्न निर्देशनसमेत दिए । 

भ्रमणकै क्रममा उपप्रधान तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५औँ बैठकसमेत सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणाउच्च पदस्थ पदाधिकारीलगायत सैनिक हवाई सेवाका अधिकृतको सहभागीता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ