arrow

वीर अस्पतालको १३४ औँ वार्षिकोत्सवः उत्कृष्ट सेवा नेपालमै, भीआईपीको विदेश खर्च उनीहरुकै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
bir-hospital-134th-estd.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भीआईपी र भीभीआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन् । 

शुक्रबार वीर अस्पतालको १३४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका हुन् । 

उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताए । उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए । 

अहिले पनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गरे । 

उनले गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शैय्या सबै अस्पतालमा लागू भएको बताए । मन्त्री बस्नेतले गरिब, विपन्न, असहाय र बेवारिसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निःशुल्क भइसकेको जानकारी दिए । 

गरिब र विपन्नताका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताए । उनले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताए ।  

वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । 

उनले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । 
 
यसैवर्ष सघन उपचारको क्षमता विस्तार गरेर एक सय बेडमा पुर्याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट शुरु भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ