arrow

अमेरिकालाई झट्का, फिलिपिनी राष्ट्रपतिले गरे अमेरिकाबाट अलग्गिएको घोषणा

बाराक ओबामालाई ‘कुकुरनीको छोरो’ भनेपछि अमेरिकासँग सम्बन्ध फाट्याे

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
duturte-ghosana-new.jpeg
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले फिलिपिन्स अमेरिकाबाट अलग्गिएको घोषणा गरेका छन् । चीन भ्रमणमा रहेका डुटर्टीले विहीबार फिलिपिन्सले अमेरिकालाई गुमाएको बताउँदै अब चीनसँग नयाँ सम्बन्ध स्थापित गर्ने बताए । 
 
डुटर्टीले ‘साउथ चाइना सी’ लाई लिएर चीनसँग रहेको विवाद पनि सुल्झाउन चीन र फिलिपिन्स दुबै सहमत भएको जनाए । डुटर्टी चारदिने चीन भ्रमणका लागि २ सय उच्च व्यवसायी सहित गत मंगलबार बेजिङ प्रस्थान गरेका हुन् । 
 
विहीबार ‘ग्रेट हल अफ द पिपल’स्थित चिनियाँ र फिलिपिन्स व्यवसायीहरुसँगको भेटवार्तामा डुटर्टीले अब फिलिपिन्सको लागि अमेरिका हराएको बताए । 
 
डुटर्टीले आफु अमेरिकाबाट अग्गिएको घोषणा गर्दै अब सधैँका लागि चीनसँग भरपर्ने बताए । यद्यपि, उनले चीनलाई पनि आफुले सक्दो सहयोग गर्ने आश्वसन दिए । 
 
पछिलो समय आफ्नो लामो समयदेखिको मित्रराष्ट्र अमेरिकासँगको सम्बन्ध बिग्रिँदै गएपछि फिलिपिन्सले चीनसँग नयाँ व्यापारिक मोर्चा स्थापित गर्ने भएको छ । 
 
डुटर्टीका वाणिज्य सचिव रमोन लोपेजले साढे १३ बिलियन डलर बराबरको सम्झौंतामा हस्ताक्षर भएको जनाएका छन् । 
 
विहीबार विहान डुटर्टीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा राष्ट्रपति सीले डुटर्टीको भ्रमण चीन र फिलिपिन्सको सम्बन्धमा कोसेढुङ्गा रहेको बताए । 
 
डुटर्टीले आफ्नो भ्रमणलाई निकै महत्वपूर्ण रहेको बताउँदै आफुले भ्रमण मार्फत चीनसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताए ।  
 
पछिल्लो समय अमेरिकासँगको सम्बन्धमा तिक्तता बढेपछि फिलिपिन्सले चीनसँग साइनो गाँस्न थालेको हो । बेलाबेला अमेरिकामाथि डुटर्टीले गर्ने खरो टिप्पणीका कारण यी दुई मुलुकबीचको सम्बन्धमा चिसोपन बढेको छ । 
 
केही समय अघि डुटर्टीले अमेरिका राष्ट्रपति बाराक ओबामालाई  ‘कुकुरनीको छोरो’ भनेपछि उक्त कुराले विश्वभरी सनसनी मच्चायो । साथै फिलिपिन्सले सैन्य मामिलामा अमेरिकाले आवश्यक सहायता नगरे आफुले हतियार खरिद देखि सम्पूर्ण सहयोग चीन र रुसबाट लिने चेतावनी दिएको थियो ।  
 
अमेरिका र फिलिपिन्सबीचको सम्बन्ध बिग्रिँदै गएको बेला चीनलाई भने फिलिपिन्समा आफ्नो प्रभाव बढाउन गतिलो अवसर जुरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ