arrow

ज्येष्ठ नागरिकका लागि श्रद्धा सदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
Sraddha sadan pokhara.jpg

पोखरा । ज्येष्ठ नागरिकका लागि पोखरामा श्रद्धा सदन स्थापना गरिएको छ । 

घरमा परिवार भएर पनि आवश्यक सेवा र संरक्षण पाउन नसकेका ज्येष्ठ नागरिकका लागि व्यवसायिकरुपमा पोखरा महानगरपालिकमा वडा नं. १५ मा ज्येष्ठ नागरिक सेवा सुरु गरिएको हो । 

श्रद्धा सदन अध्यक्ष निरज थापाका अनुसार सम्पूर्ण सेवासहित सदन सुरु गरिएको हो ।

उनले भने, ‘नेपाली परिवेशमा बुवा आमालाई घर बाहिर राख्दा सकारात्मक सोच्ने गरिँदैन । बाहिर राखे कस्ता छोराछोरी भन्ने गरिन्छ । तर घरमा एक्लै हुँदा औषधिसम्म खान नसक्ने अवस्थामा धेरै बुवाआमा हाम्रो समाजमा रहेका छन् ।” 

निर्देशक चिन्तामणि बाँस्तोलाका अनुसार वि.सं. २०७८ देखि सदनमा ३५ जनालाई आवासीय सेवा दिन सकिए पनि हाल सात जनालाई राखिएको छ । 

संस्थाका कोषाध्यक्ष कृष्ण थापाले दुई वर्ष अघि पोखराका १० जना सामाजिक अभियन्ताबाट सुरु भएको सदनलाई सामाजिकरुपमा अगाडि बढाउन श्रद्धा सदन स्थापना गरिएको बताए ।

संस्थामार्फत पोखरामा ज्येष्ठ नागरिक सचेतना अभियानसहित रचनात्मक कार्यहरु गरिने योजना रहेको उनले बताए ।

सदनका प्रमुख उर्मिला श्रेष्ठ संस्थामार्फत पारिवारिक सम्बन्धको विस्तार गराउने, ज्येष्ठ नागरिकलाई स्याहार सुसारसहित खुशी बनाउने उद्देश्य रहेको बताइन् । 



नयाँ