arrow

नेपाललाई हराएर विश्वकपमा पुगेको फिलिपिन्स बाहिरियो, न्यूजिल्याण्ड पनि चुक्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
worldcup-football-women-nz-swiss.jpg

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकप महिला फुटबलबाट आयोजक न्यूजिल्याण्ड बाहिरिएको छ । न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिएको हो । 

त्यसैगरी एसिया कप छनोटमा नेपाललाई २–१ ले हराएर अगाडि बढेर विश्वकपमा पुगेको फिलिपिन्स पनि समूह चरणबाटै बाहिरिएको छ । तर एक खेलमा न्यूजिल्याण्डलाई हराएर विश्वकपमा डेब्यु गरेको फिलिपिन्सले सनसनी नै मच्यायो । 

समूह ‘ए’ बाट न्यूजिल्याण्ड र फिलिपिन्स बाहिरिँदा स्वीटजरल्याण्ड र नर्वे अन्तिम १६ मा पुगेका छन् । अन्तिम खेलमा आइतबार स्वीट्जरल्याण्डले न्यूजिल्याण्डलाई गोलरहित बराबरीमा रोक्यो भने नर्वेले फिलिपिन्सलाई ६–० ले हरायो । रमेन हेगले ह्याट्रिक गरिन् । 

तीन खेलबाट पाँच अंकसहित स्वीटजरल्याण्ड समूहको शीर्ष स्थानमा रह्यो । चार अंकमा नर्वे र न्यूजिल्याण्ड रहे पनि गोल अन्तरमा नर्वे अगाडि बढ्दा न्यूजिल्याण्ड बाहिरियो । 

तीन अंकसहित चौथो भएको फिलिपिन्स पनि बाहिरिएको हो । 

 रहे । नर्वे गोलअन्तरको आधारमा दोस्रो स्थानमा रह्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ