arrow

पचपन्न जनाको सामूहिक बाख्रा पालन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
palpa-goatfarm.jpg
तस्वीर फाइल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका किसानले सामूहिक रुपमा बाख्रापालन सुरु गरेका छन् । 

कृषि समूहमार्फत नगरपालिकाको ‘बाख्रा पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत वडा नं ११ स्थित भाटपोलका किसानले सामूहिक बाख्रा पालन गरेका हुन् । जयलक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रापालन थालनी गरेको नगरपालिकाले जनाएको छ । 

सामूहिक बाख्रा पालनका लागि स्थानीय ५५ जनाले रु ६/६ हजारका दरले रु तीन लाख ३३ हजार र नगरपालिकाको रु पाँच लाख गरी रु आठ लाख ३३ हजारमा सो फार्म सुरु गरेका हुन् । 

खोरमा अहिले ४० बाख्रा छन् । वडा नं ११ का वडाध्यक्ष दीपेन्द्र लामाले बाख्रापालनका लागि उपयुक्त स्थान भएकाले बाख्रा पकेट क्षेत्र कार्यक्रमअन्तर्गत सामूहिक रुपमा बाख्रापालन गर्न व्यवस्था मिलाएको बताए । 

नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख ध्रुवप्रसाद पराजुलीले भाटपोलमा थालनी गरेको फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रापालन फार्म भएको बताए । 

स्थानीय बाख्रा र उन्नजातको बोकाको नश्लमार्फत आयआर्जन बढाउन सकिने गरी नगरपालिकाको सहयोगमा थालनी भएको कार्यलाई नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

एक्लाएक्लै काम गर्दा निर्वाहमुखी मात्रै भएको र धेरै लगानीमा पालन गर्न लगानी अभाव रहेकाले कृषि समूहमार्फत नगरपालिकाको आर्थिक सहयोगमा सामूहिक बाख्रापालन कार्यलाई अगाडि बढाएको किसान बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ