arrow

लम्पी स्किन र डेंगीको तत्काल रोकथाम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेंगीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन् । 

नेपाल सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग समसामयिक विषयमा बसेको आइतबारको बैठकमा उनले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्देशन दिएका हुन् । 

उनले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेवा प्रवाह, निर्माण हुन बाँकी कानूनहरु तत्काल अगाडि बढाउने, राष्ट्रिय गौरवका एवं ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । 

बैठकमा छलफलका क्रममा प्रधानमन्त्री दाहालले हालसम्म भएका गतिविधिहरुको जानकारी लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ