arrow

स्थगित कमिटीका बैठकको मिति तोक्न बस्दै नेकपा एसको सचिवालय बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्न लागेको हो ।  

सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।

यसैगरी सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाइएको छ । 

साथै सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ