arrow

दुई मन्त्री सरकारमा पठाउँदै जनमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
janamat-party-final-always.jpg

काठमाडौं ।  मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि त्यस स्थानमा अरू दुई जनालाई सरकारमा पठाउने तयारी  जनमत पार्टीले थालेको छ । 

आज   प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवलेमुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका थिए ।

उनीहरूको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ । कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको जनमत पार्टीका नेताले बताएका छन् ।

यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ