arrow

सूचना टाँसेर मंगलबारलाई सारियो प्रतिनिधि सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिनिधि सभाको बैठक मंगलबारका लागि सारिएको छ । आज दिउँसो १ बजेका लागि बस्ने भनिएको बैठक संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो ।

बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि बैठक साउन १० गते बसेको थियो । साउन ३ गते नियन्त्रणमा लिइएको अबैध सय किलो सुन छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म संसद चल्न नदिने भन्दै एमालेले अवरोध गरेपछि बैठक आजका लागि सारिएको थियो । 

आज पनि समिति नबनेको भन्दै एमालेले संसद बैठक बस्नै नदिएको हो । 

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका भए पनि त्यो अस्त्रले काम गरेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ