arrow

डेंगी संक्रमण नियन्त्रणका लागि ‘१० मिनेट अभियान’

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
Dengue kaski.jpg

पोखरा । कास्कीमा डेंगीको संक्रमण नियन्त्रणका लागि ‘१० मिनेट अभियान’ सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले गत शुक्रबारदेखि ‘१० मिनेट अभियान’ सुरु गरेको हो । 

एडिज जातको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी संक्रमणबाट बच्नका लागि प्रत्येक शुक्रबार बिहान साढे १० बजेदेखि ‘१० मिनेट अभियान’ सञ्चालन गरिएको कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए ।

कार्यालयमा सेवा प्रभाहमा प्रभाव नपर्ने गरि कार्यालय वरपर सरसफाई गरि लामखुट्टेको टोकाइबाट बच्न र यसको वृद्धि विकास हुन नदिन अभियान सुरु गरिएको उनले बताए । 

उनले भने ‘विषेशगरि एडिज जातको लामखुट्टेको टोकाइबाट बच्च र यसको वृद्धि विकास रोक्न प्रत्येक शुक्रबार बिहान कार्यालय वरपर सरफाई गर्नेगरि ‘१० मिनेट अभियान’ सुरु गरेका हौं । यो अभियान स्थानीय तह, विद्यालय, विभिन्न कार्यालय हुँदै टोल-टोलमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’

उनले जमेको पानीमा लामखुट्टेको वृद्धि विकास हुने हुँदा आफ्ना वरिपरिका पानी जम्ने खाल्डाखुल्डी, फुल सार्ने गमला र पुराना भनि फालिएका विभिन्न सामानहरुमा पानी जम्न नदिने गरि सरसफाइमा ध्यान दिन आग्रह गरे ।

साथै दिउँसोको समयमा यस्ता लामखुट्टेले लामखुट्टेको टोक्ने हुँदा लामा बाहुला भएका कपडाहरु लगाउन उनले सुझाव दिए।

पछिल्लो समय कास्कीमा २०८ जना डेंगी संक्रमित रहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ