arrow

तीन दिनपछि प्रधानन्यायाधीश कार्की अवकाशमा, नयाँ छान्न बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
harikrishna-karki-chief-justice-always.jpg
अवकासमा जाँदै प्रधानन्यायाधीश हरिकृष्ण कार्की ।

काठमाडौँ । आगामी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । 

बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकको मिति तय गर्नुअघि गत आइतबार प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

अबको ३ दिनमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाँदैछन् । उनी साउन २० गते अवकाशमा जान लागेका हुन् । 

खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै समय निकै घर्केपछि संवैधानिक परिषद्को बैठक डाकिएको हो । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

संवैधानिक परिषद्को आजको बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ । कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ