arrow

एकैपटक एक सय ३० रुपैयाँ घट्यो ग्यासको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य स्वात्तै घटाएको छ । निगमले ग्यासको भाउ प्रति सिलिण्डर १३० रुपैयाँ घटाएको हो । 

योसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६६० रुपैयाँ पर्नेछ । १५ दिनअघि १० रुपैयाँ घटेको ग्यासको भाउ आज एकैपटक १३० रुपैयाँ घटेको हो । 

भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । १५ दिन अघिदेखि निगमले स्वचालित मूल्य लागू गरेको हो । 

जसअनुसार मूल्य बढेर आए नेपालमा पनि बढ्नेछ भने घटेर आए नेपालमा पनि घट्ने छ । 

स्वचालित प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने बढेको छ । 

जसअनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७–७ रुपैयाँ बढेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । 

ठाउँअनुसार यसको मूल्य फरक फरक कायम गरिएको छ । 

निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी मूल्य समायोजन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ