arrow

ट्रम्पको निर्वाचन परिणामलाई स्वीकार नगर्ने संकेत खतरनाक: ओबामा

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
एजेन्सी। अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिन पार्टीका उमेरद्वार डोनाल्ड ट्रम्पको आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपति निर्वाचनको परिणामलाई स्वीकार नगर्ने संकेत खतरनाक रहेको बताएका छन् । 
 
शुक्रबार मयामीस्थित डेमोक्रेट पार्टीकी उमेरद्वार हिलारी क्लिन्टनको र्याली अभियानमा बोल्दै ओबामाले ट्रम्पको प्रतिकृयाले अमेरिकी प्रजातन्त्रलाई समेत कमजोर पारेको बताए । राष्ट्रपति  निर्वाचन अघि विहीबार भएको तेस्रो तथा अन्तिम टेलिभिजन बहसमा ट्रम्पले निर्वाचनमा आफुले नजिते परिणामलाई स्वीकार नगर्ने संकेत गरेका थिए । 
 
ट्रम्पको उक्त धारणलाई लिएर चर्को आलोचना भएको छ । यद्धपि ट्रम्पले आफ्नो बोलिमा केही फेरबदल गर्दै सफा र निस्पक्ष निर्वाचन परिणामलाई स्वीकार गर्ने बताएका छन् । ‘म मेरो मतदाता, सर्मथक र सबै अमेरिकी जनताप्रति यो कसम र आग्रह गर्न चाहान्छु कि, यदि मैले जिते भने म यो महान र ऐतिहासिक राष्ट्रपतिय निर्वाचनको परिणामलाई पूर्ण स्वीकार गर्नेछु’, ट्रम्पले भने । 
 
ट्रम्पले चुनावी परिणामलाई स्वीकार नगर्ने संकेत गरेपछि रिपब्लिकन पार्टीकै धेरै नेताले आलोचना गरेका थिए । ट्रम्प र क्लिन्टनबीच विहीबार लस भेगसस्थित तेस्रो तथा अन्तिम टेलिभिजन बहस भएको थियो । बहसमा दुबै प्रत्यासी चर्को आरोप प्रत्यारोपमा उत्रिएका थिए । 
 
क्लिन्टनले ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कठ्पुतली रहेको बताइन् । ट्रम्पले भने पुटिन अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा शक्तिशाली रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । बहसमा अमेरिकी अबैध आप्रवासी, अमेरिका रुस सम्बन्ध, इराक सिरिया विषय लगायतमा चर्चा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ