arrow

कोभिडले अनाथ बनेका बालबालिकालाई सहयोग गर्न बार्बीको च्यारिटी प्रिमियर   

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
Barbie event.jpg

काठमाडौँ । एफएमएनडब्ल्यू छात्रवृत्ति कार्यक्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ  डीएम फाउन्डेशन (मुनाफा वितरण नगर्ने संस्था) र  एफएमएनडब्ल्यू (पूर्व मिस नेपाल) को सहकार्यमा क्यूएफएक्स सिनेमाज्, सिभिल मलमा अंग्रेजी चलचित्र बार्बी प्रिमियर गरिएको छ ।      
डीएम फाउण्डेसन र एफएमएनडब्ल्यूको सहकार्यमा कोभिड–१९ बाट आफ्ना आमाबाबु–अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक आर्थिक आवस्था हेरी फाउण्डेसनको कोष रकम अनुसार माध्यमिक तह एसईईसम्मको शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखे अनुरुप छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ  । 

हालसम्म १३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिसकेको र सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको प्रिमियर गरिएको आयोजकले जनाएको छ । 

चलचित्र प्रिमियर डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङ जस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीको प्रायोजन, साथ र सहयोगले गर्दा उक्त साँझ मनोरन्जनात्मक एवं परोपकारी रहेको प्रिमियरमा उपस्थित दर्शकहरुले बताएका थिए ।

“कार्यक्रममा उपस्थित रहँदै आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा ले चलचित्र प्रिमियरमा उपस्थित भई टिकट किन्ने दर्शक एवं प्रायोजन, साथ सहयोग गर्ने सबै ब्राण्डलगायत एफएमएनडब्ल्यूलाई धन्यवाद दिँदै डीएम फाउण्डेसन र एफएमएनडब्ल्यूको छात्रवृत्ति कार्यक्रम देशब्यापी गर्नको निम्ति यस्ता खालका परोपकारी कार्यले निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले बालबालिकालाई उचित शिक्षा दिनुपर्ने भन्दै “बालबालिका नै हाम्रो भविष्य हो” भनी सम्पूर्णलाई साथ सहयोग तथा सहकार्य गर्न अनुरोध गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ