arrow

अमेरिका जंगियो, फिलिपिन्सको आफुबाट अलग्गिने घोषणाको स्पष्टिकरण खोज्ने

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
Rodrigo-Duterte.jpg.jpeg
एजेन्सी। फिलिपिन्सले आफु अमेरिकाबाट अलग्गिएको घोषणा गरेपछि अमेरिकाले पनि सो घोषणाको स्पष्टिकरण खोज्ने भएको छ । अमेरिकी राज्य विभागका प्रवक्ता जोन किरबीले दुई राष्ट्रले बाडेको आत्मिय सम्बन्धसँगै फिलिपिन्सको सो प्रतिकृया मदभेतमा रहेकाले अब अमेरिकाले त्यसको स्पष्टिकरण खोज्ने बताए । 
 
चारदिने चीन भ्रमणमा रहेको फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटर्टीले विहीबार आफु अमेरिकाबाट अलग्गिएको घोषणा गरेका थिए । डुटर्टीले अमेरिकासँगको सम्बन्ध पुरै टुटेको घोषणा गर्दै अब सधैका लागि चीनसँग भरपर्नै बताएका थिए । 
 
यद्धपि डुटर्टीसँगै भ्रमण टोलीमा रहेका फिलिपिन्सका वाणिज्य सचिव रमोन लोपेजले बीबीसीसँग कुरा गर्दै फिलिपिन्सले अझैंपनि अमेरिकासँग व्यापार र लगानी नरोक्ने बताए । उनले भने, ‘हामी अझैंपनि अमेरिकासँगको सम्बन्धलाई व्यवस्थापन गर्न खोजिरहेका छौं । तर अमेरिकाप्रति हाम्रो निर्भरता अति नै छ । त्यसलाई भने हामी घटाउदै छौं ।‘
 
‘साउथ चाइना सी’ लाई लिएर चीन र फिलिपिन्सबीच लामो समयदेखि विवाद छ । तर डुटर्टीको भ्रमणमा उक्त विवादलाई सयुक्त कदमबाट सुल्झाउन चीन र फिलिपिन्स दुबै सहमत भएका छन् । 
 
पछिल्लो समय अमेरिकासँगको सम्बन्धमा तिक्तता बढेपछि फिलिपिन्सले चीनसँग साइनो गाँस्न थालेको हो । बेलाबेला अमेरिकामाथि डुटर्टीले गर्ने खरो टिप्पणीका कारण यी दुई मुलुकबीचको सम्बन्धमा चिसोपन बढेको छ । 
 
केही समय अघि डुटर्टीले अमेरिका राष्ट्रपति बाराक ओबामालाई  ‘कुकुरनीको छोरो’ भनेपछि उक्त कुराले विश्वभरी सनसनी मच्चायो । साथै फिलिपिन्सले सैन्य मामिलामा अमेरिकाले आवश्यक सहायता नगरे आफुले हतियार खरिद देखि सम्पूर्ण सहयोग चीन र रुसबाट लिने चेतावनी दिएको थियो ।  
 
अमेरिका र फिलिपिन्सबीचको सम्बन्ध बिग्रिँदै गएको बेला चीनलाई भने फिलिपिन्समा आफ्नो प्रभाव बढाउन गतिलो अवसर जुरेको छ । राष्ट्रपति डुटर्टी चारदिने भ्रमणका लागि २ सय उच्च व्यवसायीसहित मंगलबार बेजिङ प्रस्थान गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ