arrow

होटल सङ्घ पोखराद्वारा विद्युत् प्राधिकरणको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
hotel sang pokhara.jpg

पोखरा । प्रत्येक दिन समयसमयमा विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल सङ्घ पोखराले आज नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले प्राधिकरणका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई समयसमयमा विद्युत् अवरुद्ध हुँदा हुने समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

विद्युत् अवरुद्ध हुँदा होटल क्षेत्रका साथै आम सर्वसाधारण मर्कामा परेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । 

विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई सेवा उपलब्ध गराउन कठिनाइ हुँदै आएको उनले जानकारी दिए । 

सङ्घका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले सहजरुपमा विद्युत् पाउन नसक्दा सर्वसाधारण मारमा परेको बताए ।

सङ्घकी सचिव पार्वता पाण्डे, निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठलगायतले समयसमयमा विद्युत् कटौती हुँदा होटेलसहित पर्यटन क्षेत्रले ठूलो समस्या भोग्दै आएको बताएका थिए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए ।

उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको उनको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ