arrow

नयाँ प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषदको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
sambaidhanik-parisad-baithak-2080-04-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैबैधानिक परिषदको बैठक बस्दैछ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । 

बैठक साँझ ५ बजे बस्नेछ । आज बस्ने बैठकले प्रधानन्यायधिसको नाम सिफारिस गर्नेछ । शनिबार हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल अनिवार्य अवकाशमा जाँदै गर्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा संवैधानिक परिषदको बैठक नै बस्न सकेको थिएन । 

मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँकी रहेका संवैधानिक परिषदमा पनि सिफारिस गर्नुपर्ने अड्को थापेपछि बैठक आजका लागि सारिएको थियो । 

यद्यपि आजको बैठकमा पनि संवैधानिक परिषदका बाँकी पदमा सिफारिस हुनेमा शंका छ । 

यसअघि आठ महिनासम्म कायममुकायममा चलेको सर्वोच्च अदालत फेरि पनि कामूमै चल्ने त हैन भन्ने पनि आशंका छ । 

कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । तर अन्य संवैधानिक निकायमा पनि नियुक्तिको कुरा उठेसँगै भागबण्डा मिलाउनु पर्ने देखिएको छ । 

कुनै निर्णय गर्न नसके वरीयताकै आधारमा श्रेष्ठले कामू खान सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ