arrow

आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
eye-projct.jpg
तस्वीर-फाइल

ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ । 

आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ ।

दैनिकजसो १२/१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज’ काजी गुरुङले जानकारी दिए । 

आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ  । 

धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन् । 

आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ ।

यस्तै, आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत  केन्द्रले आग्रह समेत गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ