arrow

नदीले बगाएर लोकेन्द्र बेपत्ता, कुवेर मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
parbat-kaligandaki.jpg

काठमाडौं ।  तनहुँको देवघाट गाउँपालिका-५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । 

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । बेपत्ता भुसालको खोजी भइरहेको छ । 

यता कञ्चनपुरमा चार दिनदेखि बेपत्ता कृष्णपुर नगरपालिका-२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका छन् । 

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए । 

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ