arrow

स्पेन विश्वकपको क्वार्टरफाइनलमा, स्वीट्जरल्याण्ड बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
worldcup-football-women-spain-switzerland.jpg

काठमाडौँ । स्पेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डमाथि ५–१ को फराकिलो जितसहित स्पेन क्वार्टरफाइनलमा पुगेको हो । 

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा स्पेनलाई क्वार्टरफाइनलमा पुर्याउन लाया कोडिना पानेदासले २ तथा आइताना बोन्माटी कोन्का, अल्बा मारिया र जेनिफर हेर्मोसोले १–१ गोल गरिन् । लायाले एक आत्मघाती गोलसमेत गरेकी थिइन् । 

इडेन पार्कमा भएको यो खेल हेर्न ४३ हजार २१७ दर्शक मैदानमा रहेका थिए । खेलमा शुरुआतदेखि नै हावी भएको स्पेनले ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । 

फेयर खेलमा एउटा पहेँलो कार्ड स्वीट्जरल्याण्डकी खेलाडीले पाएकी थिइन् । 

आजको दोस्रो प्रिक्वार्टरफाइनलमा जापान र नर्वे खेल्दैछन् । खेल दिउँसो १ः४५ बजे शुरु हुनेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ