arrow

डेंगी संक्रमित ४४ वर्षे बिचन्द्रले गुमाए ज्यान 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० साउन २० शनिबार
dengue--ji-ha.jpeg
तस्बिर – फाइल ।

झापा । झापाको बिर्तामोडमा डेंगी रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगी सङ्क्रमणबाट बिर्तामोड नगरपालिका वडा नं ५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो ।

बिर्तामोडस्थित बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उनको केही दिनदेखि उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । 

लावतीसँगै  साउनयता डेंगी सङ्क्रमणबाट झापाको  बिर्तामोडमा मात्रै दुई जनाको मृत्यु भइसकेको छ ।

साउनको  पहिलो साता बिर्तामोड नगरपालिका वडा नं।  ५ की ४४ वर्षीया मदिना खातुनको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय झापाले दुई दिनअघि जारी गरेको  तथ्याङ्कमा जिल्लामा २३८ जना डेंगी रोगका संक्रमितहरु पुगेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ