arrow

जापान विश्वकप फुटबलको क्वार्टरफाइनलमा, नर्वे बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
worldcup-football-women-japan-norway.jpg

काठमाडौँ । जापान विश्वकप महिला फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दुई पूर्व विजेताको भिडन्तमा जापानले नर्वेमाथि ३–१ को जित निकाल्दै अन्तिम आठमा ठाउँ सुरक्षित गरेको हो । 

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको खेलमा जापानले १५ औँ मिनेटमा इनग्रिड एनगेनको आत्मघाती गोलको मद्धतले अग्रता लिएको थियो ।

त्यसको पाँच मिनेटमै गुरो रेटेनले नर्वेलाई लागि बराबरी गोल फर्काइन् । मध्यान्तरसम्म बराबरीमा रोकेको नर्वेले मध्यान्तरपछि भने दुई गोल खायो । 

जापानका लागि सिमिजु र मियाजावाले गोल गरेका हुन् । उनीहरुले क्रमशः ५० र ८१ औँ मिनेटमा गोल गरेका थिए । 

अब जापानले सेमिफाइनल प्रवेशका लागि अमेरिका र स्वीडेनबीच हुने अर्को प्रिक्वार्टरफाइनलको विजेतासँग क्वार्टरफाइनल खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ