arrow

नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा, दक्षिण अफ्रिका स्तब्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
worldcup-football-women-netherlands-2023.jpg

सिड्नी । नेदरल्याण्ड्स अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिड्नी फुटबल स्टेडियममा भएको प्रिक्वार्टरफाइनल खेलमा डच टिमले दक्षिण अफ्रिकालाई २–० ले हराएको हो ।

नेदरल्यान्ड्सका लागि जिल रुडले नवौँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाइन् । खेलको ६८ औँ मिनेटमा लिन्थ बियन्सटेनले गोल गरिन् । 

दुई प्रहारले पोस्टको दिशा लिए पनि त्यसले भने मान्यता पाएन ।

क्वार्टरफाइनलमा डचको सामना स्पेनसँग हुनेछ । स्पेनले स्वीट्जरल्याण्डमाथि ५–१ को विशाल जित हािसल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ