arrow

मुद्रण उद्योगी बजिमय र बास्तोला मलेसिया भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
mahendra-basanta.jpg

पोखरा । पोखराका दुई मुद्रण उद्योगी मलेसिया भ्रमणमा जाने भएका छन् । 

प्रिटिङ फेयरमा सहभागी हुन मुद्रण उद्योग महासंघ गण्डकीका संस्थापक अध्यक्ष महेन्द्र बजिमय र निवर्तमान अध्यक्ष वसन्त बाँस्तोला त्यसतर्फ जाने भएका हुन् । 

प्रिन्टिङ फेयर मलेसियाको क्वालालाम्पुरमा अगष्ट ६ देखि एक सातासम्म सञ्चालन हुँदैछ ।

सो फेयरमा सहभागी हुन साउन २४ गते बजिमय र बास्तोला त्यसतर्फ प्रथान गर्ने कार्यक्रम छ ।

यसैबीच मुद्रण उद्योग महासंघ गण्डकीले एक कार्यक्रम आयोजना गरि बजिमय र बास्तोलाको मलेलिया भ्रमणको सुखद् यात्राको कामनासहित बिदाई गरेको छ ।

पोखरास्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको बिदाई गरिएको महासचिव मनोहर दाहालले जानकारी दिए । 

महासचिव दाहालका अनुसार पोखराबाट प्रतिनिधित्व गर्दै उनहरुले विभिन्न देशका मुद्रण उद्योगीसँग अनुभव आदानप्रदान, नेपालमा मुद्रण उद्योग र उद्योगीको अवस्थाका बाारेमा छलफल गर्नेछन् ।

प्रिन्टिङ फेयरमा पोखराका उद्योगीको सहभागिताले यहाँको मुद्रण उद्योगको क्षेत्रमा महत्वपूर्ण आयाम थपिने विश्वास व्यक्त गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ