arrow

सुन प्रकरणमा नेताको नाम जोडिएपछि प्रचण्डको रटान- कुनै पनि हालतमा छाडिन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
prachanda-mahbakya.JPG

काठमाडौं ।  सुन तस्करी प्रकरणमा  माओवादी केन्द्रका नेताहरूको नाम जोडिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नछाड्ने बताएका छन् ।  यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उनले  यस्तो बताएका हुन् ।

 ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गरेका छन्  । भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताए । 

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा जोडिएको भन्दै बैठकमा नेताहरूले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका थिए । 

प्रचण्डले भने, “तपाईँलाई म प्रस्टसँग भन्छु, यसमा आफ्ना वा अरू कोही भनिने छैन । आफ्नै टाउकोमा आगो सल्काएर मात्र हामीले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन सक्छौँ”, प्रधानमन्त्री दाहालले भने, “त्यसैले तपाईँहरू कोही पनि भ्रमित नहुनुहोला । सरकार दृढतापूर्वक अगाडि बढ्छ ।”
 



नयाँ