arrow

इङ्गल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा, नाइजेरिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
worldcup-football-women-england-nigeria-2023.jpg

काठमाडौँ । इङ्गल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । अष्ट्रेलियाको ब्रिसबेनमा सोमबार भएको प्रिक्वार्टरफाइनलमा नाइजेरियालाई हराउँदै इङ्गल्याण्ड अन्तिम आठमा पुगेको हो । 

खेलमा इङ्गल्याण्ड पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो । 

इङ्गल्याण्डकी लाउरेन जेम्सले ८७ औंँ मिनेटमा रातो कार्ड खाँदै बाहिरिँदा टिम १० जनामा समेटिएको थियो । तर ३५ मिनेट बढी समय १० जनामा मात्र सीमित हुँदा पनि इङ्गल्याण्डले गोल भने खाएन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ