arrow

नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्यो, दुईतर्फी अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
mugling-narayangadh-pahiro-2079.jpg

काठमाडौं ।  नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका-६  स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए । 

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । 

यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ