arrow

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
narayangadh-mugling-2080-03-16.jpg

काठमाडौं ।  नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९:३०  बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । 

आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका-६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

सो पहिरो आएको केही समयपछि  पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । 

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ