arrow

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कोलम्बिया र फ्रान्स छानिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
worldcup-football-women-france-2023.jpg

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । 

प्रिक्वार्टरफाइनलमा अन्तिम दुई खेलमा कोलम्बिया र फ्रान्स छानिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । कोलम्बियाले जमैकालाई १–० ले हरायो । खेलको ५१ औँ मिनेटमा मारिया कातालिना उस्मे पिनेडाले निर्णायक गोल गरिन् । 

त्यस्तै अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई ४–० ले हरायो । एकतर्फी खेल खेलेको फ्रान्सका लागि युगेनी ले सोम्मरले २ तथा दिआनी र डालीले १–१ गोल गरे । 

क्वार्टरफाइनल भिडन्त–
क्वार्टरफाइनलका खेलहरु अगस्त ११ तारिख (२६ साउन) देखि शुरु हुनेछन् । पहिलो दिन शुक्रबार दुई खेल हुनेछन् । 

स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन खेल्नेछन् । 

त्यस्तै साउन २७ गते शनिबार फ्रान्सले अष्ट्रेलियासँग तथा इङ्गल्याण्डले कोलम्बियासँग खेल्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ