arrow

‘संसद भवन अघि लुटतन्त्रको घैंटो फुट्यो’

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
news-lut-tanrta-G-kc.jpeg
काठमाडौं। अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोल लगाउन लोमो समय देखि आन्दोलनरत सोलिडारीटी फर डा.गोविन्द केसी अलाइन्सका अभियन्ताहरुले शनिबार संसद भवन अघि सांकेतिक प्रदर्शन गरेका छन्।
 
उनीहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित गर्न सांसद र दलहरुलाई दबाब दिन भन्दै प्रदर्शन सहित बानेश्वस्थित संसद भवन अघि पुगेका उनीहरुले लुटतन्त्र लेखिएको घैँटो फुटाए । घैँटोमा लुटतन्त्र लेखिएको थियो । 
 
कार्कीले लामो समयदेखि लुटतन्त्र मच्चाएको भन्दै उनीहरुले विरोध गर्दै आएका थिए । लुटतन्त्रको अब अवसाहन भएको र यो कदममा दलहरु नचुकुन् भनि दबाब स्वरुप यस्तो कार्यक्रम गरिएको अलाइन्सका अभियन्ताहरुले बताएका छन् ।  
 
माइतीघरबाट बानेश्वर सम्म गरेको प्रदर्शनका क्रममा उनीहरुले ‘घाम हँसियाले खोले मुख, अझै चुप हरियो रुख बनौं’, सबै होशियार विदेशीका मतियार, लुटतन्त्र कहिलेसम्म लोकमान जहिले सम्म, नेपाली अब जाग्ने छन्, भ्रष्टाचारी भाग्ने छन् लगायतका नारा लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ