arrow

‘संसद जनताको आस्थाको केन्द्र हो, लोकमानको दरबार होईन’ : गोविन्द केसी

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
GKC-voice-sadak-lokman-news.jpeg
काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध संघर्षरत डा. गोविन्द केसीले सुशासनकालागि अख्तियार प्रमुखलाई हटाउनु आवश्यक रहेको बताएका छन् । 
 
सोलिडारीटी फर डा.गोविन्द केसी अलाइन्सले शनिबार संसद भवन अघि गरेको दबाबमुलक प्रदर्शनमा केसीले भने, ‘लोकमानले आफ्नो अख्तियारीको दुरुपयोग गरेका छन् । जनप्रतिनीधीहरु लोकमान प्रति नतमस्तक छन् । यसले लोकतन्त्र सकिन्छ तर हामी तीनलाई हटाउँछौं । ढुक्क हुनुस् ।’ केसीले लोकमानतन्त्र अब सकिने तर, सजायबाट उम्किन दिनु नहुने समेत बताए । 
 
संसद भनेको जनताको आस्थाको केन्द्र हो लोकमानको दरबार होईन, केसीले थपे, ‘जनताप्रति बफादार सांसदलाई मात्र संसदमा बस्न पाउने अधिकार छ ।’
 
केसीले गगन थापा, धनराज गुरुङ, श्याम श्रेष्ठ , सुरेन्द्र चौधरी लगायत सांसदले शुरुमा हिम्मत देखाएका हुन्  र बाँकीपछि लाग्नु भो । उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ– भने । प्रधानमन्त्री पुष्कमल दाहाललाई खुट्टा नकमाउन भन्दै केसीले प्रधानमन्त्री भन्दा  ठुलो सांसद पद हो भनेका छन् । 
 
यस्तै, डा. केसीले संसदको सबैभन्दा ठूलो दल काँग्रेस आफुलाई पुरानो लोकतान्त्रिक पार्टी भन्छ तर लोकतन्त्र धरापमा परेको बेला किन चुप भन्दै प्रश्न गरे ? 
 
केसीले अगाडि भने, ‘काँग्रेसका केही सांसद मात्र लोकमानका पक्षमा छन् । बाँकी महाभियोगकै पक्षमा छन् ।’ अब जो लोकमानको पक्षमा छन् उनीहरु उसैसँग सकिनु पर्ने निश्चित छ । नागरिकले कसैलाई माफि दिने वाला छैनन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ