arrow

सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रियाे

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
dhaulagiri_hospital.jpg
तस्बिर-फाइल

बागलुङ । धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । 

पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । 

यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ ।

गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/०८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो ।

धवलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ ।

विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धवलागिरि अस्पताल बागलुङले जनाएको छ ।

अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् ।

अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप-प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।

पछिल्लो समय धवलागिरि अस्पतालले दैनिक चार सयदेखि पाँच सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरन्जन प्रधानले जानकारी दिए । -रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ