arrow

कन्टारमा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
prithvi-rajmarga.jpg
तस्बिर – फाइल ।

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ । 

आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ । अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ