arrow

हेडक्वार्टरबाट गोपाल किराँतीको राजीनामा : प्रधानमन्त्री भएकाले अध्यक्षलाई भेट्न सकिँन, एसएमएस पठाएँ

अध्यक्ष त के घटुवा हुनु बाँकी सबै एक तह घटुवा हुनु पर्छ !

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
goapl-kirati-news-aaja.jpeg
काठमाडौं । छरितो कमिटी हुनु पर्‍याे–जब कि केन्द्रीय कार्यालय (हेडक्वार्टर) बस्दा आधा एक घण्टामा छलफल सकियोस् । पहिलो अध्यक्षको व्यवहारिकता हेरेँ, दोस्रो मेरै कार्यक्षेत्रको दौडलाई हेरेँ । अनि केन्द्रीय कार्यालयमा नरहने गरी राजीनामा ठोके– माओवादी केन्द्रका नेता गोपाल किराँतीले हाम्राकुरासँग राजीनामाबारे कुरा खोले । 
 
किराँतीले भने, ‘माओवादी केन्द्रमा केन्द्रीय कार्यालय भन्ने एक निकाय छ । जहाँ निर्णयानुसार ३३ जनाको कमिटी छ । हाल सम्म २३ जना मात्रै सदस्य थिए । म घटेँ अब २२ भए । मैले पहिले नै यत्रो कमिटी आवश्यक छैन र म बस्दिन भन्दा बस्नुस् ने के विग्रिन्छ भने ।’ किराँतीले हाँस्दै थपे, ‘अहिले मेरा लागि त बिग्रियो नि ! उता प्रदेश इन्चार्ज । कार्यक्षेत्रमा कुद्नु पर्ने । यता सँधै कार्यालयको बैठक बस्ने । अनि कसरी व्यवहारिक हुन्छ ।’
 
किराँतीले आफुले यसबारे पटक–पटक पार्टी अध्यक्षलाई जानकारी गराएको सुनाउँदै भने, ‘मैले कयौं पटक जोखबहादुर जीमार्फत पार्टी अध्यक्षलाई जानकारी गराए । राजीनामा बारे पनि उहाँ मार्फत खबर गरेँ । प्रधानमन्त्री हुनाले भेट्न सकिएन । तर, कसैले वास्ता नगरेपछि शनिबार विहान राजीनामाबारे मिडिया र सोसल मिडियालाई जानकारी गराए । राजीनामाको पत्र फेसबुकमा राखेँ । अध्यक्षलाई भने एसएमएस पठाएर जानकारी गराएँ ।’ 
 
आफूले भदौं २५ गते नै राजिनामा बुझाए पनि स्वीकृत नगरेकाले यसलाई सार्वजनिक गर्नुपरेको उनले बताए । 
 
अध्यक्ष त के घटुवा हुनु बाँकी सबै एक तह घटुवा हुनु पर्छ !
आफुले राजीनामा दिनुको कारण अन्य नभई संगठनलाई चुस्त बनाउने अभियानको सुरुवात गर्न केन्द्रीय कार्यालयमा नबस्ने निधो गर्नु रहेको किराँतीले सुनाए । 
 
उनले भनेका छन्, ‘म आफै पार्टीको एक तह मुनि बस्ने निर्णय गरेँ । अब, अध्यक्ष किन घटुजा हुनु । अध्यक्ष बाहेक अन्य सदस्य एक तह घटुवा हुनु पर्दछ । आवश्यकता हेरेर जति सक्दो छरितो कमिटी बनानु पर्दछ ।’ आठ हजारको कमिटीको दसा ! यस्तो पनि कहीँ हुन्छ किराँतीले तर्क गरे ?  
 
राजीनामा को कारण ? 
मंसिर १ र २ गते राष्ट्रिय भेला हुने भनिएको छ । त्यो भेलामा संगठनहरुको आकार सानो पार्ने अभियान सुरु होस् । त्यसैको वातावरण बनाउने कार्यको थालनी मैले गरिदिएको हुँ । किराँतीले गम्भीर हुँदै भने, ‘यसलाई मानेका खण्डमा सबैको हित हुँन्छ । नमाने म केन्द्रीय कार्यालयमा कुनै हातमा फर्किन्न ।’ राजीनामा दिन अघि सहजै व्यवहारिक कारण मैले बताएकै हुँ ।  
 
किराँती अहिले प्रदेश नम्बर १ को इन्चार्ज छन् । प्रदेश इन्चार्जहरुलाई हेर्न संगठन विभाग बनाइएको छ । उनले आफु सचिवालय सदस्यमै ठिक भएको र केन्द्रीय कार्यालयका अन्य सदस्यहरु समेत सचिवालयमा आउनु पर्ने बताउँदै सबै केन्द्रमा घेरिएर नहुने तर्क गरे । 
 
उनले भने, ‘हामीले संगठनलाई चलायमान बनाउनु पर्ने र संगठनहरुमा पावर सेयरिङ गर्नु पर्ने आवश्यकता हो । मुख्य कुरा अध्यक्षको व्यवहारिकतामा भर पर्दछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ