arrow

साइबेरियामा हेलिकोप्टर दुर्घटना: १९ को मृत्यु, ३ घाइते

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
CvW-VjlXEAAD_E4.jpeg
मस्को। रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको उद्धारकर्ताले जनाएका छन् । 
 
दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो । आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ । घटनामा परी घाइते भएका तीन जनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ । 
 
उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यात्रीक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । एएफी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ