- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ बिमार भएका छन् ।
उच्च रक्तचाप र मुटुको धड्कन कम भएकाले उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
आज मन्त्री गुरुङलाई अस्पतालमै राखेर निगरानी गरिने जनाइएको छ ।
मन्त्री गुरुङका सहयोगी प्रेम केसीका अनुसार अहिले चिकित्सकको सल्लाहमा विभिन्न परीक्षणहरु भइरहेका छन् ।