भारतीय प्रधानमन्त्री धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रालाई मतलब छैन - गुरुङ [भिडियो]
पहिला ताप्के तात्नुपर्ने, बिँड तातेर अर्थ नरहने
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
851
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्बी हरूको तपोभूमि भए पनि सरकारले प्रचार गर्न नसकेको बताएका छन् । उनले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिएको तर नेपालकै प्रधानमन्त्रीहरुले चासो नदिने गरेको उल्लेख गरे ।
उनले नेपालका धामहरूको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो सङ्ख्यामा धार्मिक पर्यटकहरू भित्र्याउन सकिने बताए । पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरू आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उनको भनाइ छ । नेपालको धार्मिक स्थलहरूको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत) तातेर अर्थ नरहने बताए । उनले सरकारले भारतीय सेनामा नेपालीहरूलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरूमा नेपालीहरू सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गरे ।
उपसभापति गुरुङले भने, ‘हामीले भारतीय सेनामा भर्ती रोक्यौँ । तर मान्छेले खोज्दै जाँदा बाँच्नका लागि कतिसम्म गर्छ भन्ने कुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरू भर्ती भएर हाृमिएको कथा र व्यथा सुन्दा पनि त हामीलाई स्पष्ट हुन्छ नि । हामी नेपालीहरूले अभावमा आफूलाई बाच्नका लागि कहाँसम्म पुर्याउने गर्दछौँ भन्ने कुरा । भूमिका खोज्दै गर्दा पहिला आफ्नो भूमिकाको पहिचान गर्ने की छिमेकीको भूमिका खोज्ने हो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथमा आएर पूजा गर्नुहुन्छ, तर हामी त्यही पशुपतिनाथको जलहरिको विषयमा mगडा गरिरहेका हुन्छौँ । हामीले आस्था जगायौँ की अनास्था फैल्यायौँ । भारतीय प्रधानमन्त्री पशुपतिनाथमा मात्र नभई जानकी धाममा पनि आउनुभएको छ । मुक्तिनाथ धाममा गएर पूजा गर्नुहुन्छ, लुम्बिनीमा गएर घण्टौँ ध्यान गर्नुहुन्छ । तर हाम्रो प्रधानमन्त्रीले ध्यान गरेको कुरा कहिल्यै सुन्नुभएको छ । कहिल्यै समाचारमा आएको छ ? ताप्के नतातिएपछि बिँड तातिनुपर्छ भन्ने कुरा कहाँको हो यो । ताप्के तातिनुपर्यो नि त हामी । झन्डै डेढ अर्ब जनसङ्ख्या भएको भारतमा बहुसङ्ख्यक छन् । हिन्दु धर्मका लागि नेपाल तपोभूमि हो । तपो भूमिको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले पशुपति, कहिले मुक्तिनाथ धाम, कहिले लुम्बिनी, कहिले जानकी धाममा देखिनुहुन्छ, तर हामी कहाँ छौँ ? ’