arrow

रनभुल्लमा रहेको जसपाले गौर हत्याकाण्डबारे धारणा सार्वजनिक गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी जसपा नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्वजनिक गर्न लागेको हो । 

त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्दैछौँ,’ प्रवक्ता मनिष सुमनले भने । 

सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्धता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डसँग चासो ब्यक्त गरेका थिए ।

आज भन्दा १७ वर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन नेकपा माओवादी केन्द्र र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । 

विभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् । 

प्रचण्डले भने पार्टीभित्र दबाब रहेको भन्दै कुनै पनि हालतमा छानबिन अगाडि बढाउने बताएका छन् । उनले जसपाले सरकार छाडे पनि रास्वपा र राप्रपालाई समेटेर भए पनि सरकार चलाउने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ